अष्ट्रेलियाले पनि सन् २०२२ मा बेइजिङमा हुने शीतकालीन ओलम्पिक कूटनीतिक बहिष्कार गर्ने

English English Hindi Hindi Nepali Nepali

एजेन्सी । अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने सोमबार घोषणा गरेसँगै अष्ट्रेलियाले पनि बहिष्कार गर्ने घोषणा गरेको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अमेरिकाको साथमा आफु रहेको भन्दै शीतकालीन ओलम्पिकलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने निर्णय गरेको बताएका छन् ।

चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको थियाे ।

उक्त कुराको समर्थन अष्ट्रेलियाले पनि गरेको छ ।

उनले भनेका छन्, ‘हामीले अस्ट्रेलियाको हितका लागि स्थापित गरेको बलियो स्थितिबाट अष्ट्रेलिया पछि हट्नेछैन र हामीले ती खेलहरूमा अष्ट्रेलियाका अधिकारीहरूलाई नपठाउनुमा कुनै आश्चर्यको कुरा होइन ।’