अष्ट्रेलियाले मलाई यी १४ कुराहरु सिकायो

English English Hindi Hindi Nepali Nepali

हरेक दिन सिकाइ हो रे ! अस्ट्रेलिया आएपछि थाहा भयो, साँच्चै हरेक दिन सिकाइ रहेछ । सुनेर, पढेर भन्दा भोगेपछि मानिसले धेरै सिक्छ रे, साँच्चै रहेछ । मैले सिक्न बाँकी धेरै कुरा रहेछन् , जुन यहाँ आएर सिकिरहेको छु र यो सिकाइ निरन्तर चलिरहेको छ ।

१. कुनै पनि काम वास्तवमा सानो हुँदैन , सुनेको कुरा यहाँ भोगियो पनि ।

२. जसलाई आफ्नो सोंच्यो, ऊ पराई हुँदोरहेछ र जसलाई पराई सोंच्यो, त्यो आफ्नो हुँदोरहेछ ।

३. जुन व्यक्तिसंग सिप छ, त्यो व्यक्ति नै ठूलो मान्छे हो । कसैलाई जय – जयकार गर्नु बेकार हो ।

४. समय भन्दा ठूलो समय हो, समय व्यवस्थापन गर्न सक्नु सबैभन्दा ठूलो कला हो ।

५. धेरै मानिस स्वार्थले जोडिन्छन् । फाइदा हुन्जेल आफ्नो, त्यसपछि को हो , को हो ।

६. नि:स्वार्थी र स्वच्छ समाजसेवी हुँदा रहेनछन् भन्ने बुझें, जब हुन्डी र कन्सल्टेन्सीको खुलेआम प्रचार गरिन्छ ।

७. Struggle for Existence को सही अर्थ बुझें ।

८. एक्लै जिउन र रमाइलो गर्न सिकें ।

९. खराबभन्दा पनि खराब समयमा पनि आशावादी रहन सिकें ।

१०. आत्मनिर्भर बन्न सिकें ।

११. मेरो परिवारले मेरो लागि गरेको दु :ख बुझें ।

१२. स्व-विचार, स्वतन्त्रता र संघर्ष बुझें ।

१३. मातृभुमी प्रतिको माया बुझें ।

१४. मेरो परिवारको मप्रतिको अपार स्नेह बुझें ।