अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ ?

English English Hindi Hindi Nepali Nepali

अष्ट्रेलिया । अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको को’रोना भाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाका ब’न्दी गर्न सक्ने जनाएको छ ।अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको को-रोना भा-इरसको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकार वालाहरुको सुझावका आधारमा सिमानामा आवात जावतका बारेमा निर्णय गरिने स्पष्ट पारे ।सरकारले सीमा क्षेत्रमा प्र’तिबन्धात्मक केही नयाँ व्यवस्था गर्न सक्छ, यस बारेमा अध्ययन र छलफल भइरहेको छ, उनले भने ।पत्रकारहरु सँगको अन्तरक्रियाका

क्रममा उनले नौ दक्षिण अफ्रिकी मुलुकहरु बाट अष्ट्रेलियामा हुने सबै उडान पनि बन्द गर्ने संभावना पनि रहेको स्पष्ट पारे ।उनका अनुसार सरकारले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोट्सवाना, मालावी, मोजाम्बिकलगायतका देशहरुबाट अष्ट्रेलिया आउने उडान रद्ध गर्ने संभावना रहेको छ ।

तत्कालका लागि भने ती देशबाट आउनेहरु लाई उच्च सतर्कताका साथ जाँच गर्न र कुनै सङ्क्रमण र ख’तरा छैन भन्ने सुनिश्चिता गर्न निर्देशन दिइसकिएको पनि उनले बताए ।त्यसैगरी अष्ट्रेलियाको नागरिक नभएको, अष्ट्रेलिया निवासी नभएको, आश्रितहरु अष्ट्रेलियामा नभएको लगायतलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाइसकिएको पनि स्वास्थ्य मन्त्री हन्टले जानकारी दिए ।

तर अष्ट्रेलियाको ना’गरिक भएको, अष्ट्रेलिया निवासी भएको, आश्रितहरु अष्ट्रेलियामा भएको लगायतलाई भने अष्ट्रेलिया प्रवेश गर्न दिइएपनि कम्तीमा १४ दिन क्वा’रेन्टिन अनिवार्य रुपमा बस्नु पर्ने व्यवस्था गरिएको छ ।स्वास्थ्य मन्त्री हन्टले अहिलेसम्म अष्ट्रेलियामा को’रोनाभा’इरसको नयाँ संस्करण ओ’मिक्रोन नभेटिएको दा’वी पनि गरे।

तर पुरानै सं’स्करणको को’रोनाभाइरसको सङ्क्रमण भने अझै पनि फै’लिइनै रहेको छ ।पछिल्लो २४ घण्टामा अष्ट्रेलियामा एक हजार ४०० भन्दा बढी मानिस को’रोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।