
नेप अस न्युज अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले कोरोना भाइरस विरुद्धको भ्याक्सिन नलगाउने व्यक्ति लाई जरिवाना गर्ने भएको छ ! अष्ट्रेलियाले यो नियम सबै नागरिक हरुलाई लागु गर्दै छ ! भ्याक्सिन नलगाउने हरुलाई ३ हजार ६०० डलर जरिवाना गर्ने भएको छ।
सबै नागरिकलाई खोप लगाउने नीति अनुसार अष्ट्रेलिया सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो।अहिलेसम्म ७२ प्रतिशत अष्ट्रेलियालीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्।
सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विधेयक तल्लो सदनबाट पारित भइसकेको छ। माथिल्लो सदनबाट पारित भएर राष्ट्रपतिले हस्ताक्षर गरेपछि विधेयकले कानुनको रुप लिनेछ।खोप आदेश सन् २०२४ को जनवरीसम्म लागू हुनेछ। त्यसका लागि एक अर्ब ४० करोड डलर खर्च लाग्ने छ।