किरण चेम्जोङलाई गोलकिपर अफ दि सिजन अवार्ड

English English Hindi Hindi Nepali Nepali

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले आईलिग फ्यान सिजन अवार्ड जितेका छन् । नेपाली टिमका कप्तान समेत रहेका किरणले आइ लिग फ्यान सिजन अवार्डमा गोलकिपर अफ दि सिजन अवार्ड जितेका हुन् ।

उनले गत सिजन राउण्ड ग्लास प्जावबाट लिग खेलेका थिए । भारतको शीर्ष डिभिजन लिग हिरो आईलिगले सोमबार चेम्जोङले अवार्ड जितेको जनाएको छ । राउन्डग्लास पञ्जाब एफसीबाट खेलेका किरणले खेलेका १४ मध्ये ७ खेलमा क्लिन सिट राखेका थिए ।

त्यस्तै उनले सबै खेलमा गरि ५६ वटा प्रहार जोगाएका थिए । उनले ८२ प्रतिशत बल जोगाएका थिए ।समर्थकको नजरमा आई लिगको उत्कृष्ट गोलकिपर चुनिएपछि किरणले सामाजिक सञ्जालमार्फत आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

समर्थक विना आफ्नो यात्रा शून्य रहने उल्लेख गर्दै किरणले आफू सधै समर्थकको साथले सफल भएको जनाएका छन् ।