
नेप अस न्युज अष्ट्रेलिया : अष्ट्रेलियाको सिड्नीमा मोटरसाइकल दुर्घटना मा परि नेपाली बिधार्थीको निधन भएको छ ! सिड्नीको लेपिङ्गटनमा सडकको डिभाइडरमा ठोकिएर २४ बर्षका नेपालि बिधार्थी असिम थपलियाको निधन भएको छ ! दुर्घटना जनवरी २६ राति साढे दश बजेतिर भएको हो !
असिम थपलियाको स्थाई घर काठमाण्डौ को चावहिल मा हो ! उनि २०१६ मा IT पढ्नको लागि अष्ट्रेलिया आएका थिए ! हाल असिम TR भिसामा थिए ! असीमको शव नेपाल पठाउने तयारि भैरहेको छ !
नेपालमा बाआमाले नै अन्तिम संस्कार गर्ने भएकाले शव नेपाल पठाउन लागिएको मानन्धरले जानकारी दिनुभयो । शव पठाउनका लागि अशिमका छिमेकी राजेश तिमिल्सिनाले गो फण्ड मिमार्फत सहयोग संकलन गरिरहनु भएको छ ।
तपाई पनि सहयोग गर्न चाहानुहुन्छ तल दिएको गो फन्ड मि को लिंकमा क्लिक गरि सहयोग गर्न सक्नुहुन्छ ! अशिम निकै मिलनसार र असल व्यक्ति भएको छिमेकी राजेशले बताउनुभयो । एक्लो छोराको निधन पछि बावुआमामाथी निकै ठुलो बज्रपात परेको राजेशले बताउनुभयो ।
जनवरी २२ तारिखमा सिड्नीकै ग्रँनभिलमा बाटो काट्ने क्रममा कारले ठक्कर दिदा २१ वर्षिय नेपाली विद्यँर्थी सुष्मिता लामा गम्भीर घाइते हुनु भएको छ । सडकमा सवारी हाक्दा सुरक्षित र सचेत रहन समेत सबैमा आग्रह छ ।