सिडनिमा नेपाली युवतीलाई कारले ठक्कर दिदा गम्भीर घाइते

English English Hindi Hindi Nepali Nepali

नेपअस न्युज अष्ट्रेलिया : अष्ट्रेलियाको सिड्नी ग्रान्भिलमा नेपालि युवती सुस्मिता लामालाई  कारले ठक्कर दिएको छ ! ठक्कर दिदा नेपालि सुस्मिताको टाउको मा गहिरो चोट लागेको छ ! मंगलबार बिहान सडक पार गर्ने क्रममा तिब्र गतिमा आइरहेको कारले उनलाई ठक्कर दिएको हो !

घाइते सुस्मिताको वेष्टमिड अस्पतालमा उपचार भइरहेको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ ।घटनास्थल पुगेको पारामेडिक्सले केही उपचार गरि अस्पताल लगेको थियो ।

कारका चालक ५३ वर्षिय पुरुष घाइते नभएपनि अनिवार्य स्वास्थ्य परिक्षण लागि अस्पताल लगिएको छ । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सुस्मिता  एक महिना अघि मात्रै अष्ट्रेलिया आएकी थिइन !  सुष्मिताको  बिहान काममा जाने क्रममा दुर्घटना भएको हो । सुष्मिताको अवस्था बुझ्न अस्पतालमा उनलाई अष्ट्रेलिया आउन सहयोग गरेको हिमालयन वल्डवाइड एजुकेशन कन्सलटेन्सीकी प्रमुख रोशनी श्रेष्ठ र उनी अध्ययनरत अष्ट्रेलियन हार्बड इन्टरनेशनल केलजका शिक्षकहरु पुग्नुभएको छ ।

रोशनीले दिएको जानकारी अनुसार टाउकोमा चोट लागेका कारण सुष्मितालाई आंशिक पारालाइसिस समेत देखिएको छ । मंगलबार नै टाउकोको अप्रेसन भएको छ भने हाल उनको आइसियुमा उपचार भइरहेको छ ।

सुष्मिताको अभिभावकलाई बोलाउनका लागि आवश्यक तयारी भइरहेको समेत रोशनीले जानकारी दिनुभयो । काठमाडौंकी बासिन्दा सुष्मिता गत डिसेम्बर २१ तारिखमा डिप्लोमा इन अकाउन्टिङ्ग पढ्न सिड्नी आउनु भएको थियो ।